Comments Add Comment

Advertisment

SKIP THIS

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो चरेससहित विदेशी नागरिक पक्राउ

२९ जेठ , काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै सात किलो चरेससहित एक जर्मन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बिहान टर्किस एयरलाइन्सबाट इस्तानबुल जान लागेका ६३ वर्षीय पउल वेस्टर्सलाई विमानस्थल प्रहरीले नियन्त्रणमा लिएको हो ।

विमानस्थलका सुरक्षा प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीका अनुसार पउलले सुटकेशमा फल्सबटम बनाएर चरेस लुकाई इस्तानबुल लैजाने योजनामा थिए ।

प्रहरीले शङ्का लागेर सुटकेस खोतल्दा ६ किलो ८ सय ६० ग्राम चरेस फेला परेको जानकारी ठकुरीले दिए । थप अनुसन्धान गर्न विमानस्थल प्रहरीले उनलाई बरामद लागू औषधसहित लागू औषध नियन्त्रण ब्युरोमा पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment