Comments Add Comment

मूलपानी मैदानको नाम फेरियो, अब ‘जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान’

१६ असार , काठमाडौ । मूलपानी क्रिकेट मैदानको नाम ‘जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान’ राखिने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को शुक्रबार बसेको बैठकले मूलपानी मैदानको नाम संघका पूर्वअध्यक्ष रहेका स्व। शाहको नाममा राख्ने निर्णय गरेको हो ।

मूलपानीको माथिल्लो मैदान क्यान मातहत रहेको छ । उक्त मैदानमा राष्ट्रिय प्रतियोगिता हुने गरेकोमा केही महिना अघि नेपालमा सम्पन्न एसीसी प्रिमियर कपबाट एकदिवसीय मान्यताप्राप्त खेल पनि खेलाइएको थियो।

यस्तै, वीरगञ्जमा रहेको नारायणी रंगशाला परिसरमा रहेको क्रिकेट मैदानको नाम संघका पूर्ववरिष्ठ उपाध्यक्ष तारणीविक्रम शाहको नाममा ‘टीबी शाह क्रिकेट मैदान’ राख्ने पनि निर्णय भएको क्यानले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment