Comments Add Comment

Advertisment

SKIP THIS

बाबू भैयाको भूमिकालाई लिएर उत्साहित छैनन् परेश

०३ जेठ , काठमाडौं । बलिउडमा हिट फिल्म मध्यको एक हो ‘हेराफेरी’ सिरिज । फिल्मलाई दर्शकले निकै रुचाएका थिए ।

सन् २००० मा रिलिज भएको फिल्म हेराफेरी मात्र नभई सन् २००६ मा रिलिज भएको यसको सिक्वेल फिर हेराफेरीलाई समेत दर्शकले रुचाए । प्रियादर्शन निर्देशित फिल्ममा अक्षय कुमार, सुनिल शेट्टी, परेश रावल मुख्य भूमिकामा छन् । कमेडी जनराको यो फिल्मलाई दर्शकले निकै रुचाए ।

राजु, श्याम र बबुरावको वरपर घुम्ने कथालाई दर्शक पुनः पर्दामा हेर्न आतुर छन् । यद्यपि फिल्ममा आफ्नो क्यारेक्टरलाई लिएर कुनै उत्साह नभएको परेश रावलले बताएका छन् । फिल्ममा बाबूराव गणपतराव आप्टे उर्फ बाबू भैयाको भूमिका निर्वाह गरेका परेशले आफूलाई कुनै उत्सुकता नभएको बताएका छन् । ‘म अहिले आएर त्यही धोती समातेर गर्ने कमेडी गर्न चाहँदिन’ । किनकी अहिले समय फेरिएको छ । अब त्यो धोती समात्ने र चस्मा हल्लाउने क्यारेक्टर गर्न मलाई मन छैन । यद्यपि पैसाको लागि म काम गर्छु’ उनले ई-टाइम्स्सँग भनेका छन् ।

यसका साथै उनले स्टोरी पनि दमदार हुनु पर्ने बताए । ‘यो होइन कि म पैसा पाएर काम गर्छु । यसको लागि कथा पनि उस्तै दमदार चाहिन्छु’ परेशले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै