राम्री बन्ने होइन त ? आउनुहोस् ! नेपालटारमा खुल्यो ब्लेसफुल ब्यूटि जोन -
Comments Add Comment

राम्री बन्ने होइन त ? आउनुहोस् ! नेपालटारमा खुल्यो ब्लेसफुल ब्यूटि जोन

१२ चैत , काठमाडौ । काठमाडौको तारकेश्वर नेपालटारमा उत्तरी भेगमै नभएको आधुनिक मेसिन सहितको ब्लेसफुल ब्यूटि जोन सञ्चालनमा आएको छ ।

नेपालटार ग्रामिण आदर्श बहुमुखी क्याम्पससँगैको घरको पहिलो तलामा रहेको ब्युटि जोनको शनिबार एक कार्यक्रमकाबीच रोज ब्युटि टेनिङ सेन्टरका अध्यक्ष तथा सौन्दर्यविद सोनी कारञ्जित, बरिष्ठ सौंदर्यकर्मी रुस्का श्रेष्ठ र तारकेश्वर महिला स्वास्थ्य स्वयमसेविकाको अध्यक्ष मीना थापाले संयुक्त रूपमा रिवन काटेर उद्घाटन गरेका छन् ।

कार्यक्रममा महिला स्वास्थ्य स्वयमसेविका र स्थानीयहरुको बाक्लो सहभागिता रहेको थियो । ब्लेसफुल ब्युटी जोन लक्ष्मी तिमिल्सिना र यसोदा न्यौपानेले दसौं वर्षको अनुभवपछि आफैंले सञ्चालनमा ल्याएका हुन् । कलेजबाट आउने विद्यार्थीहरुका लागि विशेष छुट दिएर भारतीय विशेषज्ञबाट कक्षा सञ्चालन केही दिनमा गरिने सञ्चालक लक्ष्मी तिमिल्सिनाले बताउनुभयो ।

ब्लेसफुल ब्युटी जोनमा हुने सेवाहरुमा विशेषज्ञबाट स्किन टेस्ट, हाइड्राबाट स्किनको उपचार र सुन्दर बनाउनका लागि छालामा पानी र अक्सिजनको मात्रा हेरेृर आवश्यकताअनुसार दिन सकिन्छ ।

त्यस्तै हाइफोबाट मोटोपन भएका मानिसहरुको बोसो घटाउनुका साथै, सुत्केरी भएका महिलाहरुको पेटको छाला टाइट गर्नुका साथै र चेस्टको साइज घटाई शरिरलाई स्लिम बनाउन सकिन्छ ।

ब्लेसफुल ब्युटि जोनमा थप हेयर मेकिङ, बिबि ग्लो, माइक्रो ब्लेडिङ, केराटिन, नेल्स, आइलेक्सेस, हेयर कटिङ, मेकअप, फेसियल, स्किन केयर, मेकअप लगायतका थुप्रै सेवाहरु सहुलियत दरमा प्रोफेशनल नेपाल–भारत लगायत विभिन्न देशबाट सिकेर आएका प्रोफेशनल सौन्दर्यकर्मीद्धारा सेवा सुरु गरेको छ । विवाह तथा मेहन्दीका लागि घरमै आएर सहुलियत दरमा सेवा प्रदान गरिने सञ्चालक यसोदाले बताएकी छिन् ।

उद्घाटन समारोहको दिन ब्युटि जोनमा विशेषज्ञबाट निःशुल्क स्किन टेष्ट गरिनुका साथै हिजो नाम टिपाउनेहरुका लागि जुनसुकै दिन आउँदा पनि ५० प्रतिशत छुट दिने भएको छ । अन्य मेसिनबाट हुने फाईदाका बारेमा विशेषज्ञ सपना कार्की, धर्मागत न्यौपाने र सन्दिप खनालले सहभागीहरुलाई प्रशिक्षण समेत दिनु भएको थियो।

सौन्दर्यले सबैलाई आकर्षित गर्ने तर कतिपयको भने शरिरमा विभिन्न समस्याले सौन्दर्य हराएको र समाधान गर्न भरपर्दो पार्लर नभएकाले त्यस्ता समस्यालाई समाधान गर्ने उद्देश्यले अहिलेसम्म हस्पिटलमा मात्र प्रयोग भएको हाईफो, हाईड्रा र स्किन टेस्ट गर्ने आधुनिक मेसिनको प्रविधिको सुविधा सहित पार्लरलाई सञ्चालनमा ल्याएको सञ्चालक लक्ष्मी तिमिल्सिनाले बताउनुभयो ।

जुन प्रविधिले बच्चा पाएपछि पेटमा देखिने समस्या जस्तै पेट झोलिने अथवा चाउरिपन पर्ने जस्ता समस्यालाई पहिलाकै सेभमा ल्याई स्लिम बनाउने, डिप लेयर सम्म आउदै गरेको समस्यालाई समाधान गर्ने, क्लिनजिङ गर्ने, डार्क सर्कल आएको अवस्थामा हटाउने, पिम्पलहरु र रिङ्कलको समस्याहरु शतप्रतिशत सहजै समाधान गर्ने गर्छ ।

सञ्चालनमा आएको एक वर्षका लागि काठमाडौं महलका महङ्गा पार्लरको भन्दा राम्रो सुविधा दिने तर लोकल पार्लरको भन्दा अझै सहुलियत दरमा सेवा प्रदान गर्ने ब्लेसफुल ब्युटी जोनले लक्ष्य लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै