Comments Add Comment

Advertisment

SKIP THIS

सेनाले बाँझो जग्गालाई कृषिभूमि बनाएको क्षेत्रमा सी चिनफिङको भ्रमण

३२ असार , काठमाडौं । जुलाई १३ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सिन्च्याङको उत्तरी भागको शी ह ची नामक शहरको भ्रमण गर्नुभएको छ। यो शहर विषेश छ किनकि यहाँ पहिला बाँझो जग्गा मात्र थियो। पछि चिनियाँ सैन्यद्वारा यस ठाउँमा एउटा शहर बनाएको छ। यस पटक राष्ट्राध्यक्ष सीले यो शहरस्थित कृषिको विषेश उद्योग व्यवसाय तथा विकासबारे अवलोकन गर्नुभएको छ।

नयाँ चीन स्थापना भएपछि सिन्च्याङ उत्पादन र निर्माणका लागि सेना तैनात हुँदै आएको छ। यो रणनीति चीनको राष्ट्रिय वास्तविक परिस्थिति र सिन्च्याङको अवस्थाका लागि धेरै उपयुक्त छ।

राष्ट्राध्यक्ष सी चिनफिङले कृषि उत्पादनका लागि सेनाको यान्त्रीकरण विकसित भएको र यसैको उत्पादन शक्तिले चीनको खाद्य सुरक्षा तथा महत्वपूर्ण कृषि उत्पादनको उपलब्धि हासिल भएको बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै