Comments Add Comment

तारकेश्वर नगरपालिका वडा ६ मा नगर अस्पतालको शिलान्यास सम्पन्न

तार्केश्वर ,१८ असार । तार्केश्वर नगरपालिका, वडा नम्बर ६ मा नयाँ नगर अस्पतालको शिलान्यास भएको छ। उक्त शिलान्यास कार्यक्रम आज सम्पन्न भएको हो।

कार्यक्रममा नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन, उपप्रमुख सिर्जना बुर्लाकोटी, स्वास्थ्य प्रमुख बिनोद, वडा नं. ६ का कार्यवहाक वडा अध्यक्ष सहित सम्पूर्ण वडाका अध्यक्षहरू, नगरपालिकाका कर्मचारीवृन्द तथा इन्जिनियरहरू उपस्थित थिए।

शिलान्यास पश्चात मेयर कृष्ण हरि महर्जनले अस्पतालको निर्माण कार्य छिटै नै पूरा गरिने आश्वासन दिए। उनको भनाइ अनुसार, यस अस्पतालले नगरवासीहरूको स्वास्थ्य सेवामा ठूलो सहयोग पुर्याउनेछ।

नगरपालिका प्रशासनले उपस्थित सबै अतिथिहरू, कर्मचारी तथा ठेकेदार पक्षलाई कार्यक्रम सफलतापूर्वक सम्पन्न गराएकोमा धन्यवाद ज्ञापन गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै