Comments Add Comment

Advertisment

SKIP THIS

बारा प्रहरीले सिम्रौनगढबाट दुई वटा पेस्तोल र दश थान गोलीसहित पाँच जनालाई पक्राउ

काठमाडौँ । बारा प्रहरीले सिम्रौनगढबाट दुई पेस्तोल र दश थान गोलीसहित पाँच जनालाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा सिम्रौनगढ नगरपालिका ११ भगवानपुर बस्ने ४० वर्षीय उपेन्द्र पटेल, २७ वर्षीय धिरेन्द्र पटेल, ६२ वर्षीय रुपलाल पटेल, रौतहट जिल्ला बौधीमाई नगरपालिका २ बस्ने ४४ वर्षीय राजमंगल पटेल र ८० वर्षीय शोभा राउत रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

सिम्रौनगढ ११ भगवानपुर बस्ने रूपलाल पटेलका छोरा उपेन्द्र पटेलले आफ्नो घरमा अवैध रूपमा हतियारसहित मानिस लुकिछिपी बसेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय सिम्रौनगढको प्रहरी टोलीले घर खानतलासी गरेको थियो ।

खानतलासीका क्रममा कालो रंगको पोलिथिन झोलाभित्र सेतो कपडाले बेरी लुकाई छिपाई राखेको एउटा नलकटुवा पेस्तोलसहित एक थान गोली र एउटा रिभाल्वर सहित सात थान गोली बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । योसँगै केएफ लेखिएको दुई थान गोली बरामद गरिएको बाराका प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए।

पक्राउ परेकालाई हातहतियार तथा खरखजाना ऐनअन्तर्गत म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै