Comments Add Comment

Advertisment

SKIP THIS

थप ३५७ जनामा कोरोना संक्रमण

३ साउन , काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३२८ जनाको परीक्षणमा ३५७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १ हजार ८२८ जनाको पीसीआर परीक्षण गर्दा २६८ जना र १ हजार ५०० जनाको एन्टिजेन परीक्षण गर्दा ८९ जनामा संक्रमण पुष्टि भएको हो।

आज ६२ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै हाल नेपालमा १ हजार ९८२ जना संक्रिय कोरोना संक्रमित रहेको मन्त्रालयको जनाएको छ।

त्यस्तै आज ३६ हजार ३४८ जनाले कोभिड-१९ विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै