Comments Add Comment

Advertisment

SKIP THIS

कपिलवस्तु प्रहरीले गएराती नगदसहित ७ जना जुवाडे पक्राउ

१९ कार्तिक , काठमाडौँ । वाणगंगा नगरपालिका वडा नं. ७ बनगाईको एक होटेलमा सञ्चालित जुवा खालमा प्रहरीले छापा मार्दा ७ जुवाडे पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय पिपराका इन्चार्ज प्रहरी निरीक्षक दीपक केसीको कमाण्डमा रहेको प्रहरी टोलीले गए राती सवा ११ बजे छापा मार्दा ७ जना जुवाडे पक्राउ परेका हुन्। अन्य २ जना भागेका छन्।

पक्राउ परेका सबै उपर अनुसन्धान भइरहेको र नियम अनुसार मुद्धा दर्ता प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले बताए।

पक्राउ परेका जुवाडेलाई इलाका प्रहरी कार्यालय पिपरामा थुनामा राखिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख एसपी प्रेम बस्नेतले जानकारी दिनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै