Comments Add Comment

Advertisment

SKIP THIS

दुबै प्रहरीको सेटिङमा खुलेआम तस्करी

१७ असार , काठमाडौं । नेपाल प्रहरी एवं सशस्त्र प्रहरी बलका स्थानीय कार्यालय प्रमुखहरूकाे सेटिङ र संरक्षणमा झरओखर नाकाबाट ठूलो मात्रामा कपडाको तस्करी शुरू भएको छ। नेपाल प्रहरीका कचर्वा स्थित प्रहरी चाैकीका असई ललन प्रसाद पटेल र सशस्त्र प्रहरी बलकाे झरओखर स्थित बिओपीको  असई अरूण नकर्मीकाे मिलिमताे र संरक्षणमा यस्तो तस्करी भैरहेको स्थानीयले जानकारी दिएका छन् ।

तस्करीको लाइन पाउनेहरूमा सन्दिप यादव , दीपक साह , साेहन यादव , दिनेश यादव , बच्चा यादव उमेश साह र भाेला रहेका छन् । यिनीहरू सबैले कपडाको ठूलो तस्करी गर्दै आइरहेका छन् । यी दुबै युनिटहरू नेपाल प्रहरीको इप्रका सिम्राैनगढ र सशस्त्रको बिओपीको गाेलागंज मातहत पर्दछन। भारतीय सीमा क्षेत्रमा घाेडासान भन्ने ठाउँ रहेको छ।

नेपाल प्रहरीको इप्रका सिम्राैनगढमा निरीक्षक देवराज काफ्ले प्रमुख छन् भने सशस्त्रको गाेलागंज बिओपीको प्रमुखमा निरीक्षक कमल पन्थी रहेका छन् ।
तस्करीको सम्बन्धमा नेपाल प्रहरीको बारा स्थित प्रवक्ता डिएसपी राजेश थापासंग जिज्ञासा राख्दा उनले आफुलाई थाहा नभएको बताए भने सशस्त्र प्रहरीका एसपी राजेन्द्र थापाले चलेको भए तत्काल नियन्त्रण गर्ने दावी गरे । दुबै प्रहरीलाई मासिक पाँच ,पाँच लाख दिने गरि तस्करीको लाइन चलाएको यहांका व्यापारीहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै