Comments Add Comment

Advertisment

SKIP THIS

सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोले सिरहाबाट अटोमेटिक पेस्तोलसहित तीन जनालाई पक्राउ

काठमाडौं: सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोले सिरहाको लाहानबाट अटोमेटिक पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ।

सोमबार एउटा ९ एमएमको अटोमेटिक पेस्तोलसहित तीन जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

नियन्त्रणमा लिइएकाहरू सप्तरीको सुरूंगा नगरपालिका-८ बस्ने ३१ वर्षीय अनिल राम, सोही नगरपालिका-५ बस्ने ३० वर्षीय जीवानन्द चौधरी र खडक नगरपालिका- ४ बस्ने ३५ वर्षीय सञ्जयप्रसाद चौधरी छन्।

हतियार बोकेर हिँडेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले लाहान नगरपालिका-१ राजमार्गबाट दुईवटा गोली लोड भएको अटोमेटिक पेस्तोल बरामद गरेको हो।

त्यस्तै, १ लाख ८४ हजार २ सय ५३ रूपैयाँ, ४ थान मोबाइल, नेपाल टेलिकमको २२ थान सिमकार्ड, एनसेलको सिमकार्ड १४ थान, नेपाल टेलिकमकै ५० रूपैयाँ दरको २६ हजारको र १ सय दरको ९६ हजारको रिचार्ज कार्ड बरामद भएको छ।

यसैगरी उनीहरू सवार स९प ४९७१ नम्बरको मोटरसाइकल र ३ लाख ४२ हजार ५ सय रूपैयाँ बराबरको एनसेलको रिचार्ज कार्डसमेत बरामद भएको छ।

उनीहरू विभिन्न अपराध र फिरौतीमा संलग्न भएको बुझिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै