Comments Add Comment

Advertisment

SKIP THIS

कार्य व्यवस्था परामर्श समितिको बैठकमा एमाले सहभागी भएन

०६ फाल्गुन , काठमाडौं । संघीय संसद, प्रतिनिधि सभा कार्य व्यवस्था परामर्श समितिको बैठक अहिले जारी छ।

सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा संघीय संसद् भवन नयाँ बानेश्वरस्थित शंकर हलमा बैठक जारी रहेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबुल गर्ने कि नगर्ने भन्ने विषयमा सभामुख सापकोटाले आज कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । बैठकमा एमाले भने सहभागी छैन ।

आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै