५ असार , काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले देशैभर दोस्रो वर्षको पार्टी स्थापना दिवस मनाउन स्थानीय, क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रले विविध कार्यक्रम गरी मनाइरहेका छन् ।

पार्टी स्थापना डे असार ७ गतेको संघारमा तारकेश्वरमा भने दोस्रो कार्यक्रम अन्तर्गत मैत्रीपूर्ण घण्टीकप फुटबल प्रतियोगिता भएको छ । तारकेश्वर ५ को फुटबल ग्राउण्डमा बिहान श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डिपी अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम समपन्न भएको छ । फुटबल कार्यक्रममा ४ टिमको सहभागिता रहेको थियो ।

जसमा तारकेश्वर नगर कमिटिको समुह, क्षेत्र नंं ६, ७ र काठमाडौं जिल्लाको दोस्रो समुह, तेस्रो टिममा संघीय सांसदका सचिवालयको टिम र चौंथोमा सांसदहरुको टिम सहभागि भएको थियो । कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, संघीय सांसद्हरु डा। तोसिमा कार्की, गणेश पराजुली, मनिष झा, हरि ढकाल, अशोक चौधरी र लक्ष्मी तिवारी सहभागी भएका थिए ।

सांसद् र सचिवालयको फुटबल प्रतियोगितामा संघीय सांसद् तोसिमा कार्कीले बल हस्तान्तरण गरेकी थिइन । फुटबल प्रतियोगितामा काठमाडौं जिल्ला र क्षेत्र र संयुक्त टिम प्रथम बिजेता बन्न सफल भएको थियो । दोस्रोमा संघीय सांसद्हरुको सचिवालय टिम बन्न सफल भयो । तेस्रो पुरस्कार भने संघीय सांसदहरुले प्राप्त गरेका छन् । शान्तवना पुरस्कार आयोजक टिम तारकेश्वर नगर कमिटिले प्राप्त गरेको छ ।

फुटबल प्रतियोगितामा सहभागी ४ टिम मध्ये पहिलो टिममा तारकेश्वर नगर कमिटि र जिल्ला र क्षेत्रको संयुक्त टिम भाग लिएका थिए जसबाट क्षेत्रको टिमले जित हासिल गरेको थियो । दोस्रो खेलमा संघीय सांसद् र सांसद्को सचिवालयबीच प्रतिूपर्धा हुँदा सचिवालयले सांसद्को टिमलाई पछि पार्न सफल भएको थियो ।

अन्तिम खेल भने जिल्ला तथा क्षेत्रको संयुक्त टिम र सचिवालयको टिमले प्रतिस्पर्धा गरेका थिए । पहिलो चारणको खेलमा ४०–४० मिनेटको समय २ चरणमा २०–२० मिनेटमा खेलाइएको थियो । फाइनल खेल भने २० मिनेटको समय मात्र दिइएको थियो ।

बिजेता प्रथम, द्धितिय, तृतिय र शान्तवना प्राप्त गर्ने ४ वटै टिमलाई घण्टी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । खेलाडीहरुलाई सहमहामन्त्री कविन्द्र बुर्लाकोटी र संघीय सांसद् डा। तोसिमा कार्कीले पुरस्कार वितरण गनुृभएको तारकेश्वर नगर कमिटिका सभापति बिनोद चापागाईले फरकपत्र डटकमसँग बताउनुभयो ।