Comments Add Comment

Advertisment

SKIP THIS

साढे ४ घण्टापछि शान्त भयो बानेश्वर क्षेत्र

४ फागुन, काठमाण्डौं । बिहान ११ बजेदेखि सुरु भएको एमसीसी विरुद्धको प्रदर्शनका कारण अशान्त रहेको बानेश्वर क्षेत्र साढे ४ घण्टापछि शान्त भएको छ । संसदमा एमसीसी टेबल गर्ने तयारी भएपछि विप्लवसहितका ६ दल र माओवादीका भ्रातृ संगठनले प्रदर्शन गरेपछि प्रहरीसँग झडप भएको थियो ।

झडपका ३ प्रहरीसहित केही प्रदर्शनकारी घाइते भएका छन् भने १२७ जना पक्राउ परेका छन् । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि झडपको अवस्था आएको थियो । सो क्षेत्र अहिले शान्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै