६ बैशाख, काठमाडौ । सामुदायिक विद्यालय कारण तारकेश्वर नगर प्रमुख कृष्णहरि मर्हजनको सपना अधुरै भएको छ । सामुदायिक विद्यालयलाई केही गर्नुपर्छ भन्दै हिडेका मर्हजन अहिलेको एसईई परिक्षा २०८० को नतिजा देखेर निराश भएका छन् । प्रमुख मर्हजन भन्छन् ”अब तारकेश्वरका सबै विद्यालयमा हामी कडाई गराई अर्काे बर्षको एसईई परिक्षा सबैभन्दा उच्चतम सामुदायिक विद्यालयको ल्याउने गराउछौ ।”
तारकेश्वर नगरपालिका भित्रको सामुदायिक र संस्थागत विद्यालयहरुको एसईई परिक्षा २०८० को नतिजामा संस्थागत विद्यालयतर्फ शुभकामना इङलीस बोडिङ स्कुलको सबैभन्दा उच्चतम ३.७६ जीपीएसहित १०० प्रतिशत नतिजा आएको छ ।
काठमाडौं जिल्लाभित्र शुभकामना स्कुलको रिजल्ट टप टेनमा पर्न सफल भएको छ । त्यस्तै तारकेश्वर नगरपालिकाभित्र प्रथम स्थान हासिल गरेको छ । दोस्रो उत्कृष्ट नतिजा प्राप्त गर्नेमा तेजस्वी एकेडेमी रहेको छ । तेजस्वीले ३.७४ जीपीएसहित १ जना विद्यार्थीको ४ जीपीए सहित १०० प्रतिशत रिजल्ट उत्तीर्ण गर्न सफल भएको छ ।
त्यस्तै समग्रमा ३।६९ जीपीएको आधारमा सिद्धार्थ मोडेल स्कुल तारकेश्वरमा तेस्रो बन्न सफल भएका छन् । जसले १०० प्रतिशत रिजल्ट उत्तीर्ण गर्न सफल भएको छ । त्यस्तै समग्रमा ३.६५ जीपीएको आधारमा तारकेश्वरमा चौंथो स्थान र ५० भन्दा बढि विद्यार्थी सहभागी गराउनेमा उत्कृष्टता बन्दै हिमरश्मि हाई स्कुलले ९८.९५ प्रतिशत रिजल्ट दिन सफल भएको छ । जसमा ३ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् ।
त्यस्तै तारकेश्वर ८ मा रहेको प्रारम्भ वल्डले ५० भन्दा बढि विद्यार्थी सहभागी गराउनेमा उत्कृष्टता बन्दै ३.६४ जीपीए प्राप्त गरेको छ । जसमा १ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेको छ भने १०० प्रतिशत रिजल्ट उत्तीर्ण गर्न सफल भएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई काठमाडौंका इकाई प्रमुख विचारी प्रसाद अधिकारीकाअनुसार – ५० भन्दा बढि विद्यार्थी सहभागी गराउनेतर्फ हिमरश्मि र प्रारम्भ कुन पहिलो र दोस्रो भन्दा पनि दुबैको रिजल्ट उत्कृट भएको बताएका छन् ।
समग्रमा ३.६२ जीपीएसहित पाँचौं हुन सफल न्यू एरा एकेडेमी १०० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । समग्रमा ग्रिनहिल्स एकेडेमीको ३.५४ जीपीएको आधारमा छैटौं उत्कृष्ट रिजल्ट दिनुका साथै ९५।२४ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । त्यस्तै ३।५३ जीपीएको आधारमा सातौं स्थानमा पर्न सफल तथा ५० भन्दा बढि विद्यार्थी सहभागी गराउनेमा दोस्रोमा पर्न सफल कौशलले ९८.७० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ ।
तारकेश्वर ४ मा रहेको सृजना ज्ञानसागरले ३.५० जीपीए प्राएत गरेको छ । जसमा ९७.६७ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । तारकेश्वर ६ मा रहेको नर्थ भ्याली स्कुल र तारकेश्वर २ मा रहेको स्प्रिङ भ्याली स्कुलले ३.४९ जीपीएसहित १०० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ ।
तारकेश्वर १० मा रहेको लालिगुराँश नेशनल एकेडेमीले ५० भन्दा बढि विद्यार्थी सहभागी गराउनेमा उत्कृष्ट तेस्रो स्थानमा रहि ३.४७ जीपीएसहित ९८.९४ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ ।
तारकेश्वर ११ मा रहेको यूरेका मा।वि।ले ३।४० जीपीएसहित ९४.४४ प्रतिशत विद्यार्थी उत्र्तीण गराउन सफल भएको छ । तारकेश्वर ९ मा रहेको ज्ञानभूमि मा।वि।ले ३.३३ जीपीएसहित ९५।४५ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ ।
३.३२ जीपीएसहित टाइम्स एकेडेमीले १०० प्रतिशत विद्यार्थी उत्र्र्तीण गराएको छ । ल्याण्डमार्क एकेडेमीले ३.३२ जीपीएसहित ९२ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । तारकेश्वर १० मा रहेको नर्थ प्वाइन्ट एकेडेमीले ३.३० जीपीएसहित ९६.५५ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । तारकेश्वर ५ मा रहेको सेन्ट जोसेफले ३.२९ जीपीएसहित १०० प्रतिशत विद्यार्थी उत्तीर्ण गराएको छ । तारकेश्वर ११ मा रहेको काठमाडौं शिक्षालयले ३.२६ जीपीएसहित ९४.१२ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएको छ ।
त्यस्तै तारकेश्वर ५ मा रहेको पृथ्वीनारायण माध्यमिक विद्यालयले ५० भन्दा बढि विद्यार्थी सहभागी गराई ३.२७ जीपीएसहित चौंथो स्थानमा रही ९२.७८ प्रतिशत विद्यार्थी पास गराउन सफल भएको छ । सामुदायिक विद्यालय तर्फ पहिलो स्थानमा रहन सफल भएको छ ।
त्यस्तै तारकेश्वर ५ मा रहेको जेनियल मोडेल स्कुलले ३।२३ जीपीएसहित १०० प्रतिशत विद्यार्थी पास गराउन सफल भएको छ । तारकेश्वर १० मा रहेको एन्जल्स् हर्ट मा.वि.ले ३.२३ जीपीएसहित ९०.९१ प्रतिशत विद्यार्थी उत्र्तीण गराउन सफल भएको छ । ५० भन्दा बढि विद्यार्थी सहभागी गराउनेमा पाँचौं उत्कृष्ट विद्यालय हो ।
तारकेश्वर ३ मा रहेको नर्थस्टार स्कुलले ३।१९ जीपीएसहित १०० प्रतिशत विद्यार्थी पास गराउन सफल भएका छन् । तारकेश्वर १ मा रहेको कुञ्चिप्वाकल मा।वि।ले सामुदायिकतर्फ जीपीएको आधारमा दोस्रो उत्कृष्ट रिजल्ट दिन सफल भएको छ । जसमा ३।१९ जीपीएसहित १०० प्रतिशत विद्यार्थी पास गराउन सफल भएको छ ।
तारकेश्वर ७ मा रहेको पद्यचक्र स्कुलले ३.१८ जीपीएसहित ९२.८६ प्रतिशत विद्यार्थी पास गराउन सफल भएको छ । तारकेश्वर ८ मा रहेको काठमाडौं लिंकन स्कुलले ३.१७ जीपीएसहित ८८।२४ प्रतिशत विद्यार्थी पास गराउन सफल भएको छ । रोजमेरी आइडल स्कुलले ३.०७ जीपीएसहित ८९।६६ प्रतिशत विद्यार्थी पास गराउन सफल भएको छ ।
तारकेश्वर २ मा रहेको मिलन धर्मस्थली मा।वि।ले ३।०५ जीपीएसहित ९२।५९ प्रतिशत विद्यार्थी पास गराएका छन् । तारकेश्वर ५ मा रहेको दिपशिखा मा।वि।ले ३.०४ जीपीएसहित ९२.३१ प्रतिशत विद्यार्थी पास गराउन सफल भएको छ ।
तारकेश्वर ९ मा रहेको किण्डर गार्टेन मा।वि।ले ३.०३ जीपीएसहित ९१।६७ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएको छ । सेक्रेड हर्ट मा.वि.ले ३.०२ जीपीएसहित ९० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ ।
निर्वाना स्कुलले २।९६ जीपीएसहित ८८.८९ प्रतिशत विद्यार्थी पास गराउन सफल, त्यस्तै यूनाइटेड स्कलर एकेडेमीले २।८६ जीपीएसहित ८३।३३ प्रतिशत विद्यार्थी पास गराउन सफल भएको छ । काभ्रेस्थली माध्यमिक विद्यालयले सामुदायिक तर्फ तेस्रो उत्कृष्ट रिजल्ट ल्याउन सफल भएको छ । जसमा २।८६ जीपीएसहित ९२।८६ प्रतिशत विद्यार्थी उत्तीर्ण गर्न सफल भएको छ ।
तारकेश्वर ८ मा रहेको रमाइलो पाठशालाले २।८४ जीपीएसहित ८३.३३ विद्यार्थी पास गराउन सफल भएको छ । तारकेश्वर ९ मा रहेको जीवन ज्योती स्कुलले २.८१ जीपीएसहित ८५।७१ प्रतिशत विद्यार्थी पास गराउन सफल भएको छ । तारकेश्वर १० मा रहेको न्यू सिरस स्कुलले २.८१ जीपीएसहित ८१.२५ प्रतिशत पास गराउन सफल भएको छ ।
तारकेश्वर ९ मा रहेको मनमैजु मा।वि।ले सामुदायिकतर्फ समग्र उत्कृष्टतामा चौंथोे स्थानमा र ५० भन्दा बढि विद्यार्थी सहभागी गराउनेततर्फ दोस्रोमा पर्न गई २.८० जीपीएसहित ९१.५३ प्रतिशत विद्यार्थी पास गराउन सफल भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामकृष्ण महर्जनले आफु अध्यक्ष भइसकेपछि मनमैजु मा।वि।को शैक्षिक गुणस्तर सुधारका लागि निरन्तर लागि परेको बताउनुभयो ।
तारकेश्वर ६ मा रहेको सनफ्लावर मा।वि।ले २.७७ जीपीएसहित ८२.९३ प्रतिशत विद्यार्थी पास गराउन सफल भएको छ । जेनियल पव्लिक स्कुलले २.७६ जीपीएसहित ८३.३३ प्रतिशत विद्यार्थी पास गराउन सफल भएको छ । तारकेश्वर ११ मा रहेको एभरेस्ट किड्सले २.६८ जीपीएसहित ८३.३३ प्रतिशत विद्यार्थी पास गराएको छ ।
तारकेश्वर ७ मा रहेको फुटुङ मा.वि.ले २।६१ जीपीएसहित ८३.७८ प्रतिशत विद्यार्थी उत्तीर्ण गर्न सफल भएको छ । तारकेश्वर विद्या कुञ्जले २।५५ जीपीएसहित ८० प्रतिशत विद्यार्थी पास गराएको छ । त्यस्तै मेगा पव्लिक स्कुलले २।५१ जीपीएसहित ८० प्रतिशत विद्यार्थी पास गराउन सफल भएको छ ।
तारकेश्वर १ मा रहेको साङला बालकुमारी स्कुलले २.४६ जीपीएसहित ७६।९२ प्रतिशत विद्यार्थी पास गराउन सफल, पुरानो गुह्येश्वरी मा.वि.ले २.४५ जीपीएसहित ८१.४८ प्रतिशत विद्यार्थी पास गराएको छ । आमादब्लम एकेडेमीले २।४५ जीपीएसहित ७०.५९ प्रतिशत विद्यार्थी पास गराउन सफल भएको छ ।
तारकेश्वर २ मा रहेको कालिदेवि मा.वि.ले साधारणतर्फ २.४४ जीपीएसहित ७९.१७ प्रतिशत विद्यार्थी पास गराउन सफल भएको छ भने प्राविधिक विषयतर्फ २.३५ जीपीएसहित ७५.६१ प्रतिशत विद्यार्थी पास भएका छन् । आगमन एकेडेमीले २.४४ जीपीएसहित ७६.४७ प्रतिशत विद्यार्थी पास गर्न सफल भएका छन् ।
नर्थ पोल स्कुलले २।३६ जीपीएसहित ७४.०७ प्रतिशत विद्यार्थी पास गराउन सफल भएका छन् । स्वर्णदिप इङलीस स्कुल २.२५ जीपीएसहित ७१.४३ प्रतिशत विद्यार्थी पास गराउन सफल, मानसिंह धर्म मा।वि। २.१८ जीपीएसहित ७०.८७ प्रतिशत विद्यार्थी पास गराउन सफल भएको छ ।
नेपाल राष्ट्रिय मा।वि। २।१४ जीपीएसहित ६९।५७ प्रतिशत विद्यार्थी पास गराउन सफल भएका छन् । लालिगुराँश विद्याकुञ्ज २.११ जीपएिसहित ७१.४३ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल, बालसृजना २।०४ जीपीएसहित ६६।६७ प्रतिशत विद्यार्थी पास गराउन सफल भएको छ ।
गोलढुंगा अक्र्रिड एकेडेमी १.७७ जीपीएसहित ५२.३८ प्रतिशत विद्यार्थी पास गराउन सफल भएका छन् । त्यस्तै ग्रामसेवा मा।वि।ले १।७१ जीपीएसहित ५६।१० प्रतिशत विद्यार्थी पास गराउन सफल, महालक्ष्मी स्कुलले १.७० जीपीएसहित ५६.२५ प्रतिशत विद्यार्थी पास गराउन सफल भएको छ ।
पिसल्याण्ड एकेडेमीले १.५८ जीपीएसहित ५० प्रतिशत विद्यार्थी पास गराउन सफल भएका छन् ।
५० प्रतिशत विद्यार्थी पास नगराउने विद्यालयहरु
५० प्रतिशत विद्यार्थी समेत पास नगराउने संस्थागत विद्यालयमा गुरुकुल मा।वि। रहेको छ । जसले १।२४ जीपीएसहित ४० प्रतिशत विद्यार्थी पास गराएको छ । सामुदायिक विद्यालयहरुमा नागार्जुन ठुलागाउँ मा.वि. १.३२ जीपीएसहित ४२.४२ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । कालिकाशरण मा.वि. १.२१ जीपीएसहित ४० प्रतिशत पास गराउन सफल, नागार्जुन मा।वि। १.१७ जीपीएसहित ४०.६३ प्रतिशत उत्तीर्ण गराउन सफल भएको छ । जीतपुर मा.वि.मा साधारणतर्फ औसतमा ० जीपीएसहित १०० प्रतिशत विद्यार्थी फेल भएका छन् । प्राविधिकधारतर्फ १.६९ जीपीएसहित ५५ प्रतिशत पास भएका छन् ।
तारकेश्वरमा चार सामुदायिक विद्यालय र १ संस्थागत विद्यालयले ५० प्रतिशत विद्यार्थी पनि उत्तीर्ण गराउन सकेनन् । नगरको लगानीअनुसार रिजल्ट नआएको एक जनप्रतिनिधिले बताएका छन् ।