Comments Add Comment

Advertisment

SKIP THIS

तारकेश्वर–२ मा शान्तिधाम हुँदै देवीस्थान झण्डा पार्क जाने सडक पूर्वमन्त्री मास्केलेद्वारा शिलान्यास

काठमाडौं । धार्मिक तथा पर्यटनको महत्वपूर्ण गन्तव्य मानिने शान्तिधाम–देवीस्थान झण्डा पार्क जाने सडक निर्माण कार्यको शिलान्यास गरिएको छ।

शनिबार (२०८२ भदौ ७ गते) बिहान ८:०० बजे तारकेश्वर नगरपालिका वडा नं. २, कान्लेमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्री तथा बागमती प्रदेशसभा सदस्य माननीय अमनकुमार मास्केले शिलान्यास गर्नुभयो।

शिलान्यास कार्यक्रममा बोल्दै पूर्वमन्त्री मास्केले सडक विकासले मात्र कुनै क्षेत्रको भौतिक स्वरूप परिवर्तन नगरी त्यहाँको सामाजिक, धार्मिक र आर्थिक उन्नतिमा समेत प्रत्यक्ष योगदान पुर्‍याउने बताउनुभयो।

उहाँले शान्तिधाम र देवीस्थान धार्मिक पर्यटकहरूको प्रमुख आकर्षण भएकाले सडक निर्माणले ती स्थानमा सहज पहुँच उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो।

स्थानीयवासीहरूले लामो समयदेखिको मागअनुसार अब सडक निर्माण कार्य सुरू हुन लागेकोमा हर्ष व्यक्त गरेका छन्। उनीहरूको भनाइमा यो सडक निर्माणपछि यात्रु तथा तीर्थयात्रीहरूलाई सहजताका साथै क्षेत्रको पर्यटन र स्थानीय व्यवसायलाई समेत ठूलो फाइदा पुग्नेछ।

सडक निर्माण कार्य ह्याण्डला/रक्त/अभियन्ता जे. भी., कोटेश्वर, काठमाडौंले गर्नेछ भने यस आयोजना पूर्वाधार विकास कार्यालय, मानभवन, ललितपुरले सञ्चालन गर्नेछ।

सडक निर्माण सम्पन्न भएपछि भृण्डा पार्क, शान्तिधाम र देवीस्थानलाई धार्मिक पर्यटन मार्गको रूपमा प्रवर्द्धन गर्न सकिने भएकाले यसलाई ऐतिहासिक उपलब्धि मानिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै