२ जेठ,काठमाडौ । मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा १२, उदयपुरमा ९, ओखलढुंगामा ३३, खोटाङमा ३, झापामा २००, ताप्लेजुङमा २६, तेह्रथुम २, धनकुटामा ७, पाँचथर १, भोजपुरमा २, मोरङमा ३५२, संखुवासभामा ३, सोलुखुम्बु २ र सुनसरी ९१ जनामा कोरोना भेटिएको छ।
यसैगरी प्रदेश २ को धनुषामा १४२, पर्सामा ५७, बारामा २४, महोत्तरीमा १११, रौतहटमा ४२, सप्तरीमा १५३, सर्लाहीमा १४ र सिरहामा ५३ जनामा कोरोना पाइएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार ८८१ जनामा कोरोना भेटिएको छ। काभ्रेमा २५५, चितवनमा २५१, दोलखामा ७, धादिङमा ५१, नुवाकोटमा ५५, भक्तपुरमा २९२, मकवानपुरमा १७, रसुवामा ५३, रामेछापमा ११, ललितपुरमा ४३६, सिन्धुपाल्चोकमा ८५ र सिन्धुली ६३ जनामा कोरोना पुष्टि भएको छ।
यसैगरी गण्डकी प्रदेशको कास्कीमा १७०, गोरखामा २३, तनहुँमा २२, नवलपरासी पूर्वमा ५३, पर्वत ६, मुस्ताङ १, म्याग्दी २, लमजुङमा ५, बागलुङमा ३ र स्याङजामा ८ जनामा कोरोना भेटिएको छ।
कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४०, कपिलवस्तुमा २१, गुल्मीमा ५४, दाङमा ३१९, नवलपरासीमा ५५, पाल्पामा ७७, प्यूठानमा १, बर्दियाका ४३, बाँकेमा १६०, रुकुम पूर्व २, रुपन्देहीमा ४०३ र रोल्पामा ७ जना छन्।
यस्तै, कर्णाली प्रदेशको कालिकोटमा ७, जाजरकोटमा ३८, जुम्ला ६, डोल्पा ४, दैलेखमा २१, मुगु ३, रुकुम पश्चिममा २४, सल्यानमा १९, सुर्खेतमा २१५ र हुम्लामा २ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा १, कञ्चनपुरमा ३३, कैलालीमा ५२७, डडेल्धुरामा १, डोटी २, दार्चुला १६, बाजुरामा ३ र बैतडीमा ५२ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।