पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई धापासीबाट प्रहरीले पक्राउ -
Comments Add Comment

पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई धापासीबाट प्रहरीले पक्राउ

काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन काठमाडौंको टोखास्थित धापासीबाट पक्राउ परेका छन् ।

सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले उनलाई शुक्रबार साँझ पक्राउ गरेको हो ।

६० किलो सुन तस्करीमा संलग्न बेल्जियनका दावा छिरिङसँग दिपेशको कनेक्सन देखिएको थियो ।

सुनसम्बन्धी जाँच आयोगले पनि बिहीबार बुझाएको प्रतिवेदनमा पुनविरुद्ध अनुसन्धान नगरी सीआईबीले उन्मुक्ति दिएको निष्कर्ष निकालेको थियो ।

तिब्बतीयन मुलका बेल्जियन नागरिक दावा अहिले थुनामा छन् ।

राजस्व अनुसन्धान विभागले गत साउन ३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद गरेको ६० किलो ७ सय १७ ग्राम सुन प्रकरणमा दावा ब्यवस्थापकको भुमिकामा देखिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै