Comments Add Comment

Advertisment

SKIP THIS

सौर्य एयरलाइन्स दुर्घटना : १८ जनाको शव निकालियो ,पाइलट शाक्य जिवित उद्दार

९ साउन , काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सको जहाजमा सवार १८ जनाको निधन भएको छ ।

एयरलाइन्सको जहाज दुर्घटनामा परेका १९ जनामध्ये १८ जनाको मृत्यु भएको हो । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार १८ जनाको शव निकालिएको छ।

जहाजमा पाइलट सहित १९ जना सवार थिए । पाइलट मनिषरत्न शाक्यलाई भने जिवित उद्दार गरिएको छ । उनलाई तत्कालै केएमसी अस्पतालमा उपचार भइरहेको छ । उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो ।

दुर्घटनाग्रस्त जहाज इन्जिन परीक्षणका लागि पोखरा उडेको खुलेको छ । यो जहाजको इन्जिनको पूर्ण मर्मत ९सी–चेक०का लागि पोखरा जाने क्रममा थियो ।

विमानमा सवार १८ जनाको शव यत्रतत्र छरिएर रहेका अवस्थामा सङ्कलन गरिएको विमानस्थल सुरक्षा स्रोतले बतायो ।

सौर्य एयरको जहाज मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा जाँदै गरेको उक्त विमान दुर्घटनामा परेको हो ।

अहिले विमानस्थलमा आन्तरिक उडान प्रभावित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै