Comments Add Comment

Advertisment

SKIP THIS

दुर्घटना न्युनिकरण गर्न मुलघाटमा ५० बढी सवारी साधनहरूमा टासियाे ‘रिफ्लेक्टर’

१० पुष , काठमाडौं । जाडो मौसम सुरू भएसंगै पहाडी क्षेत्रका राजमार्गमा बाक्लो हुस्सु लाग्न थालेपछि बढदो सवारी दुर्घटनालाई न्युनिकरण गर्ने उद्येश्य सहित जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाको समन्वयमा धनकुटा नगरपालिका ९ स्थित तमोर क्षेत्रमा ५० बढी सवारी साधनहरूमा ‘रिफ्लेक्टर’ (टल्किने वस्तु) टास्ने अभियान सञ्चालन गरेको छ ।

तराइका राजमार्गमा बाक्लो हुस्सुका कारण दुर्घटना हुने जोखिमलाई मध्यनजर गर्दै प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इटहरीको निर्देशन र जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाको समन्वयमा सो क्षेत्र आसपासभएर गुडने साना तथा ठुला सवारी साधनहरूमा ‘रिफ्लेक्टर’ (टल्किने वस्तु) टास्ने अभियान थालेीएको हो ।

हुस्सुले राजमार्ग ढाकिदा अघाडी या पछाडीका कुनै सवारी साधन नदेखिने हुदा परबाटै टल्किने ‘रिफ्लेक्टर’ टासिएको अस्थायी ट्राफिक प्रहरी पोस्ट मुलघाटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै