३१ बेशाख , काठमाडौं । दाङको राजपुर गाउँपालिकाको प्रारम्भीक मतगणनामा माओवादी केन्द्रले सुरूआती अग्रता लिएको छ । माओवादी केन्द्रका गाउँपालिका अध्यक्षका उम्मेदवार चक्र बहादुर खड्काले ४२ मतसहित अग्रता लिएका हुन्।
यस्तै नेपाली काँग्रेसका उम्मेदवार शरद कुमार बुढाथोकीले ३५ मत पाएमा छन् भने एमालेका उम्मेदवारको मत ११ मात्र छ । राष्ट्रिय जनमोर्चाका उम्मेदवार राम फकिरे रैदासले ४ मत प्राप्त गरेका छन् ।


