१८ फागुन , काठमाडौ । जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी सुशिल बैद्य एवं जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर वलीको सहभागिता कार्यक्रममा भएको थियो ।

जिल्ला प्रशासन कार्यालय घोराहीको प्राङ्गणमा र जिल्ला प्रहरी कार्यालय दाङ्गको आयोजनामा मानवता प्रेमी परोपकारी सामाजिक संस्था मानव कल्याण समाज नारायणपुर दाङ सहभागी भएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान बिभाग महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालय नक्सालले तैयार पारेको त्रि-बर्षिय अपराध तथा कार्य योजना (Crime Action Plan CAP -2) अन्तर्गत ‘महिला बालबालिका तथा जेष्ठ नागरिक बिरुद्द अपराध नियन्त्रण सम्बन्धमा रणनिती बनाउन जेष्ठ नागरिक तथा सरोकारवाला पक्ष सहितको छलफल” कार्यक्रममा यस संस्थाका जुझारु अभियन्ताहरु सुस्मिता मानव र सिरु मानवले रचनात्मक सुझाव प्रदान गर्दाको अबस्था ।

मानवीय सेवालाई थप सहज अनि सरल बनाउन मानव कल्याण समाज सेवा घर लाई सहयोग पुर्याउनुहुने सेवा घरका शुभचिन्तक परोपकारी एंव सहयोगी भावनाले ओतप्रोत सकारात्मक मनका धनी हजुरलाई धेरै(धेरै साधुवाद एंव सुस्वास्थ्य, दिर्घायु अनि उत्तरोतर प्रगतिको अनगिन्ती शुभावना ब्यक्त गर्दछौं। सम्पुर्ण परिवारमा सुख, शान्ति, सम्वृद्दी, दिर्घायूको सेवा घर परिवार तर्फबाट हार्दिक मंगलमय शुभ-भावना व्यक्त गर्दछौं । #प्रहरी प्रमुख






