Comments Add Comment

Advertisment

SKIP THIS

नेप्से परिसूचक ३०.७५ अंकले गिरावट

२१ पुष, काठमाडौ । तीन दिनयता लगातार रुपमा उच्च अंकमा बढेको शेयर बजार मापक नेप्से परिसूचक बुधबार ब्रेक लागेको छ ।

तीन दिनमा १५५ अंकले बढेर २ हजार ६ सय विन्दुमाथि पुगेको नेप्से परिसूचक आज ३० अंकले गिरावट आएको छ । साताको पहिलो कारोबार आइतबार ६० अंकले बढेको नेप्से सोमबार पनि त्यसैको निरन्तरता स्वरुप ३२ अंकले बढेको थियो भने आइतबार र सोमबारको भन्दा मंगलबार नेप्से परिसूचक ६३।०१ अंकले बढेको थियो । तर आज नेप्से परिसूचक ३०.७५ अंकले गिरावट आएर २ हजार ६४९.२० विन्दुमा झरेको छ ।

त्यस्तै ठूला कम्पनीको शेयर मूल्य मापक गर्ने सेन्सेटिभ इण्डेक्स पनि ६.६८ अंक, फ्लोट इण्डेक्स २.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.७५ अंकले गिरावट आएको छ ।

बुधबार कारोबारमा आएका २३६ कम्पनीको ९५ लाख ५९ हजार ४२९ कित्ता शेयर ४ अर्ब ६२ करोड १५ लाख ९८ हजार ५८३ रुपैयाँको शेयर कारोबार भएको छ । मंगलबार ४ अर्ब ३२ करोड २६ लाख ९ हजार ८२७ रुपैयाँको शेयर कारोबार भएको थियो । कारोबार रकममा भने मंगलबारको तुलनामा बढेको छ ।

नेप्सेका १३ उपसमूहमध्ये जलविद्युत र फाइनान्स बाहेक अन्य सबै उपसमूह राताम्मे भएको छ । जसमध्ये जलविद्युत उपसमूह ०।४९ प्रतिशत र फाइनान्स उपसमूह ०.१ प्रतिशतले बढेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक २.२१ प्रतिशतले गिरावट आएको छ । उत्पादन तथा प्रशोधन उपसमूह १.७४ प्रतिशत, विकास बैंक उपसमूहको परिसूचक १.७१ प्रतिशतले गिरावट आएको छ। त्यस्तै, बैंकिङ्ग, वित्त, लगानी उपसमूह र अन्य उपसमूहको परिसूचक करिव १ प्रतिशतले गिरावट आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै