प्रधानमन्त्रीलाई गफभन्दा बढी काम गर्न माधवको आग्रह -
Comments Add Comment

प्रधानमन्त्रीलाई गफभन्दा बढी काम गर्न माधवको आग्रह

२६ पुष , काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले भिजन नभएका र सपना नभएकाहरूले देश बनाउन नसक्ने बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्‌मा विश्वासको मत मागेपछि जारी छलफलमा भाग लिँदै नेपालले प्रधानमन्त्रीलाई गफभन्दा बढी काम गर्न र भ्रष्टाचारमा संलग्नलाई दण्डित गर्ने काममा लाग्न आग्रह गरे ।

उनले प्रधानमन्त्रीको पक्षमा विश्वासको मत दिने बताउँदै देश बनाउने जिम्मेवारी पाएका व्यक्तिमा भिजन पनि हुनुपर्ने बताए । ‘जुनसुकै नेतृत्वमा देश बनाउने जिम्मेवारी भएका व्यक्तिले देश बनाउने भिजन पनि राख्नुपर्छ । भिजन नभएका र सपना नभएकाहरूले देश बनाउन सक्दैनन्’, नेपालले भने, ‘तर सपनाले मात्रै हुँदो रहेनछ । सपना बिपनामा परिणत गर्न यथार्थको धरातलमा टेकेर नेपालका समस्या पहिचान गर्न सक्नुपर्छ र उचित समाधान खोज्नुपर्छ ।’

उनले मुलुकको समस्या समाधान गर्ने क्रममा तात्कालिक, मध्यकालिक र दीर्घकालीन पक्षहरूलाई ध्यान दिनुपर्ने बताए । उनले नेपालको अर्थतन्त्रलाई अघि बढाउन कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायिकरण र यान्त्रिकीकरण गर्न सक्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds