Comments Add Comment

Advertisment

SKIP THIS

‘नेपाली महिलाले बिहे गरेर ल्याउने विदेशी पुरुषलाई नागरिकता दिनुपर्छ’ : कृष्णप्रसाद दाहाल

६ साउन , काठमाडौं । एमाले सांसद कृष्णप्रसाद दाहालले नेपाली महिलाले विवाह गरेर ल्याउने विदेशी पुरुषलाई अंगीकृत नागरिकता दिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफावार छलफलमा सहभागी भएर संशोधन प्रस्ताव पेस गर्दै उनले नेपाली पुरुषले विवाह गरेर ल्याउने महिलालाई नागरिकता दिने प्रावधान राख्दा नेपाली महिलाले विवाह गरेर ल्याउने पुरुषलाई पनि नागरिकता दिने प्रावधान राख्नुपर्ने बताएका हुन् ।

लैङ्गिक समानताको दृष्टिकोणले पनि नेपाली महिलाले विवाह गरेर ल्याउने विदेशी पुरुषलाई अंगीकृत नागरिकता दिनुपर्ने बताउँदै उनले बरु नागरिकता दिने समयावधि बढाउन सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै