Comments Add Comment

Advertisment

SKIP THIS

मतदाता भन्छन्- ‘कसरी मत हाल्ने ? सिकाउन कोही आएनन्’

२२ वैशाख, काठमाडौ । यहाँको व्यास नगरपालिका– २ का १८ वर्षीया एलिना कुमालले पहिलोपटक मतदान गर्दैछिन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कुमालले मताधिकारको प्रयोग गर्दैछिन् ।

मतदान गर्ने दिन नजिकिँदै गर्दा कुमालमा छुट्टै उत्साह छ । “पहिलोपटक भएकाले कसरी मत हाल्ने भन्नेबारेमा केही जानकारी छैन, तर सिकेपछि मत हाल्ने तरिकाबारे जान्नेछु”, उहाँले भन्नुभयो । कुमालले स्थानीय तहमा हाम्राभन्दा पनि राम्रा उम्मेदवारले जित्नुपर्ने बताउनुभयो । “अहिले घरदैलो अभियान चलिरहेको छ, दलका भन्दा पनि राम्रा उम्मेदवारले जित्नुपर्छ”, उहाँले भन्नुभयो ।

यसपटक मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगरिएकाले मतदातालाई मत हाल्न अलमल हुने बन्दीपुर गाउँपालिका–४ का दुर्गाविलास भट्टराईले बताउनुभयो । निर्वाचनमा राजनीतिक दलबीच गठबन्धन भएकाले मतदाता मत हाल्ने बेलामा झुक्किने भएकाले धेरै मत बदर हुनसक्ने उहाँले बताउनुभयो ।

“मत कसरी हाल्ने भनेर गाउँ–गाउँमा मतदातालाई सिकाइएको छैन, गठबन्धनका कारण मत बदर हुनसक्ने सम्भावना उत्तिकै छ”, उहाँले भन्नुभयो । गठबन्धन गरेका दलहरूले पनि मतदान गर्ने तरिकाबारे सिकाउन आवश्यक रहेको उहाँको भनाइ छ । व्यास नगरपालिका–३ का मधुमाया पौडेलले उम्मेदवार भोट माग्न घरदैलोमा आए पनि मतदान गर्नेबारेमा भने कसैले सिकाउने नगरेको बताउनुभयो । “भोट दिनुस् भन्दै आउँछन्, मतदान गर्ने तरिकाबारे पनि सिकाए मत बदर हुँदैनथ्यो होला १”, उहाँले भन्नुभयो ।

मतदातालाई मतदान गर्ने तरिकाबारे सिकाउने उद्देश्यसहित जिल्ला निर्वाचन कार्यालय तनहुँ र नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले नमूना मतदान कार्यक्रम ग¥यो ।

जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले बदर मत कम गराउन सचेतना आवश्यकता रहेको औँल्याउनुभयो । निर्वाचन आयोगले विगतका निर्वाचनमा जस्तो यसपटक मतदाता शिक्षा सञ्चालन गर्न नसकेकाले राजनीतिक दल र उम्मेदवारहरूले घरदैलोको क्रममा मतदातालाई यसबारेमा सचेत गराउनुपर्ने ढकालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment