
१८ पुष ,काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को जारी आठौं महाधिवेशनअन्तर्गत आज केन्द्रीय समिति चयन हुँदैछ । माओवादीको विधानअनुसार महाधिवेशनले केन्द्रीय समिति चयन गर्नेछ ।
केन्द्रीय समितिको बैठकले पदाधिकारी र अन्य समितिहरु चयन गर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुरुप महाधिवेशनले पहिलो चरणमा २९९ सय सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ ।
जसमध्ये खुल्लातर्फबाट १४५ र समानुपातितर्फबाट १५४ जना निर्वाचित हुनेछन् । माओवादीले यसपटक केन्द्रीय समितिलाई इन्द्रेणी रङ्गमा विस्तार गर्ने दावी गरेको छ ।
जसअन्तर्गत समानुपातितर्फ विभिन्न आठ क्लस्टर विभाजन गर्दै उक्त क्लस्टरहरुमार्फत विभिन्न जाती, समुदाय, लिंग, वर्ग, क्षेत्र र युवा समेट्ने प्रयास गरेको छ ।
खस(आर्य
खस–आर्यतर्फ ४५ जना निर्वाचित हुनेछन् । जसअन्र्तगत १५ जना पुरुष र ३० जना महिला निर्वाचित हुनेछन् । जसअन्तर्गत ४० बर्षभन्दा कम उमेरका ३ जना पुरुष र ६ जना महिला युवा निर्वाचित हुँदैछन् ।
दलित
दलिततर्फ ७ जना पुरुष र १५ जना महिला गरी २२ जना निर्वाचित हुनेछन् । जसमा ४० बर्षभन्दा कम उमेरका १ जना पुरुष ३ जना महिला युवा निर्वाचित हुनेछन् ।
मुस्लिम
मुस्लिमतर्फ २ पुरुष र ५ जना महिला गरी ७ जना निर्वाचित हुनेछन् । जसमा एकरएक जना पुरुष र महिला ४० बर्षभन्दा कम उमेरका युवा निर्वाचित हुनुपर्नेछ ।
मधेसी
मधेसीतर्फ ७ जना पुरुष र १६ जना महिला गरी २३ जना निर्वाचित हुनेछन् । जसमध्येबाट ४० बर्ष मुनिका १ जना पुरुष र ३ जना महिला निर्वाचित हुनेछन् ।
आदिवासी जनजाति
आदिवासी जनजातितर्फ १४ जना पुरुष र २९ जना महिलागरी ४३ जना निर्वाचित हुनेछन् । जसमध्येबाट ४० बर्ष मुनिका ३ जना पुरुष र ६ जना महिला युवा निर्वाचित हुनेछन् ।
थारु
थारुतर्फबाट ३ जना पुरुष र ७ जना महिला गरी १० जना निर्वाचित हुनेछन् । जसमध्येबाट ४० बर्ष मुनिका १ जना पुरुष र १ जना महिला युवा निर्वाचित हुनेछन् ।
अपाङ्गता
अपाङ्गता तर्फबाट १ जना पुरुष र १ जना महिला गरी २ जना निर्वाचित हुनेछन् ।










