
.(ईश्वर दुलाल)
४ असोज , काठमाडौ । ललितपुर जिल्लाको सुरक्षा व्यवस्थालाई त्रुटी रहित र पुर्ण सुरक्षाको प्रत्याभुति दिलाउन ४ प्रकारको सुरक्षा रणनिति तयगरि प्रहरीको दुरुस्त र योजनाबद्ध परिचालन गरिएको छ,’ महानगरीय प्रहरी परिसर ललितपुर प्रमुख एसएसपी किरण बज्राचार्यले बताइन् ।

हिन्दुहरुका महान चाडपर्व दशै तिहार नजिकिदै गर्दा शहर बजारमा मात्रै होइन गाउँमा समेत शान्ति सुरक्षाको चुनौति थपिने गर्छ ।गाउँको तुलनामा शहरमा अझ बढि शान्ति सुरक्षाको यतिबेला आवश्यकता पर्छ । त्यसैले प्रत्येक वर्ष प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना बनाएर नागरिकलाई शान्ति सुरक्षाको अनुभुती गराउदै आएको छ ।
्यहि अवसरमा ललितपुर प्रहरीले पनि आसन्न आसन्न चाडपर्वलाई लक्षित गरी सुरक्षा रणनीतिहरु अगाडि बढाएको छ । ललितपुरमा बढि भिडभाड हुने क्षेत्रहरू व्यापारिक, आर्थिक, तथा वित्तिय क्षेत्रहरूमा सादा पोशाकमा प्रहरी खटाउन थालिएको महानगरीय प्रहरी परिसर ललितपुरको प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले जानकारी दिनुभयो ।

सादा पोशाकमा खटिएको प्रहरी कर्मचारीले सार्वजनिक स्थानमा महिलामाथी हुने यौनजन्य दुर्व्यवहारलाई नियन्त्रण गर्नुका साथै चोरी, ठगी तथा पाकेटमारी समेतलाई नियन्त्रण गर्ने बज्राचार्यले बताउनुभयो ।

एसएसपी किरण बज्राचार्यले ललितपुर जिल्लाको शान्ति सुरक्षालाई कसरी सुदृढ बनाउने भन्ने विषयलाई नै केन्द्रमा राखेर योजना बनाएर अगाडि बढिरहेको बताउँछन् । अहिले कायम रहेको शान्ति सुरक्षालाई थप मजबुद बनाउन थप प्रहरी र साधन स्रोतको परिचालन गर्नुका साथै नतिजा हासिल गर्ने काममा ध्यान एसएसपी बज्राचार्यको ध्यान केन्द्रित छ ।
महानगरीय प्रहरी परिसर ललितपुर मातहतका प्रहरी वृत्त भएको जनशक्तिको व्यवस्थित र योजनाबद्ध परिचालन गरेर अपराध हुन सक्ने सम्भावित ठाउँहरूमा कडा सुरक्षाको व्यवस्था गरेर अपराधिक क्रियाकलापको सम्भावना बोकेका व्यक्तिहरूको कडा निगरानी गरेका एसएसपी बज्राचार्यले बताउनुभयो ।

ललितपुर परिसर प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार ललितपुरलाई विगतको अपराध ‘ट्रेन्ड’ बिश्लेषणपछि सोही अनुसार विभाजन गरेर सुरक्षा फौज परिचालन गरिने जानकारी दिइन् ।

सुरक्षा योजना अनुसार ललितपुरमा ३१ वटा क्यूआरटी गस्ती र ४० स्थानमा पिकेटको व्यवस्था गरिएको छ । यस्तै विट ५ स्थानमा रहनेछ । यस्तै ३ वटा तत्काल रिजर्व टिम तयारी अवस्थामा रहनेछ । यो टिम आपतकालिन् अवस्थामा तत्काल परिचालन हुनेछ ।



