Comments Add Comment

Advertisment

SKIP THIS

रानीवनमा झारफूकका नाममा बालिकामाथि कुटपीट गरी हत्या

२९ पुष, काठमाडौ । काठमाडौंको नागार्जुन नगरपालिका–१ रानीवनमा झारफूकको क्रममा एक बालिकाको ज्यान गएको छ ।

सिन्धुपाल्चोक साँगागढी–२ जलवीरे खाटी घर भई भक्तपुर धुन्चेपाखा ७ बस्दै आएकी १४ वर्षीया रोषनी श्रेष्ठलाई उनकी आमाले झारफूकबाट छारे रोगको उपचार गराउने उमा शाही ठकुरी नाम गरेकी माताको झारफूक केन्द्रमा लगेकी थिइन। झारफूकका नाममा बालिकामाथि कुटपीट भएपछि बालिकाको मृत्यु भएको हो ।

छोरी रोशनी श्रेष्ठलाई लामो समयदेखि टाउको दुख्ने र बान्ता हुने समस्या देखिएपछि राधिका श्रेष्ठले गत पुस ३ गते झारफूकका लागि उमा शाही ठकुरीकोमा लगिन् । स्थानीय रामलाल लामाको टहरोमा भाडामा बस्दै आएकी माता भनिने उमा शाहीले २१ दिनदेखि झारफूकबाट रोशनीको उपचार गर्दै आएको बताएकी थिइन् ।

पटकपटक डाक्टरकोमा देखाउँदा पनि निको नभएपछि राधिकाले छोरीलाई झारफूक गर्न लगेको बताउँछिन् । माताले झारफूक गरेपछि निको हुने गरेको कुरा छरछिमेकीबाट सुनेपछि आफूले छोरीलाई माता भनिने कहाँ लगेको राधिकाको भनाइ छ ।

आफूलाई माता भन्ने उमा ठकुरीले बिरामी रोशनीलाई शुक्रबार साँझ ५ बजेतिर लखेट्दै लगेर आँगनमा सुताई कुटपीट गरिरहेको अवस्थामा स्थानीयहरुले देखे । प्रत्यक्षदर्शी सरिता र दिव्या लामाले नकुट्न अनुरोध गरेपछि माता भनिने उमाले रोशनीलाई घरभित्र लगेर थुनिन् ।

भोलिपल्ट बिहान माता भनिने उमाले आमा राधिकालाई फोन गरेर छोरी रोशनी सिकिस्त बिरामी परेको बताएपछि राधिका पुगिन् । त्यहाँ पुग्दा रोशनीलाई बेहोस् भेटेपछि स्थानीयलाई खबर गरेर प्रहरीलाई बोलाइयो । बिहानै पुगेको प्रहरीले रोशनीलाई स्वंभुको मनमोहन अस्पताल पु¥याएलगतै अस्पतालले मृत घोषणा गर्यो ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले माता भनिने उमा शाही ठकुरी र उनलाई सहयोग गरेको आशंकामा अन्य दुई जनालाई पक्राउ गर्यो । आफूलाई माता भन्ने उमा शाही ठकुरीले विगत २ महिनादेखि स्थानीय रामलाल लामाको ३ कोठे टहरा भाडामा लिई झारफूकको काम गदै आएकी थिइन् । रामलालका अनुसार छोरा विशालले अनुरोध गरेपछि रामलालले माताकै लागि भनेर टहरा निर्माण गरिदिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै