Comments Add Comment

Advertisment

SKIP THIS

उदयपुरमा ट्युसन पढ्न गएकी बालिकाको हत्या

२२ चैत , काठमाडौं । उदयपुर बेलका नगरपालिमा ट्युसन पढ्न गएकी बालिकाको हत्या भएकाे छ । उदयपुर बेलका नगरपालिका ३ बुद्धचौकीकी बिहान साँढे ४ बजे घरबाट ट्युसन पढ्न निस्किएकी १५ वर्षीया बालिका कविता सुनवारकाे हत्या भएको जशोधा खोलामा हत्या भएको प्रहरीले बताएकाे छ ।

कोसी जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत बालिका एसइइको परीक्षा नजिकिंदै गर्दा तयारीका लागि ट्युसन पढ्न सधैं बिहानै जाने गरेको परिवारका सदस्यले बताएका छन्।

सुनवारको शव बिहान ७ बजे खोला किनारामा स्थानीयले देखेपछि इलाका प्रहरी कार्यालय रामपुरलाई जानकारी गराएका थिए। घटनाको प्रकृति हेर्दा हत्या भएको देखिए पनि प्रहरीले यसको पुष्टि गरिसकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै