Comments Add Comment

Advertisment

SKIP THIS

मोटरसाईकल चोरी गर्ने भारतिय नागरीक सहित ६ जना पक्राउ

२७ फागुन , काठमाडौ । मोटरसाईकल चोरीमा संग्लग्न रहेका १ जना भारतिय नागरीक सहित ६ जनालाई जिल्ला प्रहरी झापाले पक्राउ गरी सार्वजानिक गरेको छ ।

पक्राउ पर्नेहरुमा भद्रपुर नगरपालिका–७ का २१ बर्षीय प्रकाश सहनी, २४ वर्षीय प्रकाश दर्जी, २१ वर्षीय दिपक उराव, २२ वर्षीय दिपेश राजवंशी, भद्रपुर नगरपालिका–१ का ३० वर्षीय बिर्ख लिम्बु र भारत किसनगंजका १९ वर्षीय महम्मद समिम रहेका छन् ।

झापा डिएसपी बसन्त पाठकका अनुशार बिभिन्न स्थानहरुबाट मोटरसाईकल चोरीको घटना भएको भनी सवारी धनीहरुको लिखित निवेदन दिए सँगै चोरी गर्ने व्यक्तिहरुको सुक्ष्म रुपले निगरानी तथा पहिचान गर्ने क्रममा प्रकाश सहनी भन्ने व्यक्तिले मोटरसाईकल चोरी गरी बिक्री वितरण गर्ने गरेको गोप्य सूचनाको आधारमा उनीहरु पक्राउ परेका हुन् ।

डिएसपी पाठकले दिएको जानकारी अनुशार सहनीले दिएको बयानका आधारमा चोरीमा संग्लग्न अन्य ५ जना पक्राउ परेका हुन् । पक्राउ परेका ६ जनाले कुन स्थानबाट कसी ७ थान मोटरसाईकल चोरी गरेका थिए सो सम्बन्धमा भएको र घटना अन्य थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै