
१६ मंसिर ,काठमाडौ । दिल्ली पछिल्ला दिनमा विश्वकै प्रदूषित सहरको शीर्षस्थानमा छ । पछिल्लो केही दिनदेखि नै दिल्लीको वायु प्रदूषणको अवस्था सुध्रन सकेको छैन ।

भारतीय राजधानी दिल्लीका सम्पूर्ण विद्यालयहरु शुक्रबारदेखि अर्को सूचना नआएसम्म बन्द हुने भएका छन् । वायु प्रदूषणको अवस्था सुध्रन नसकेपछि यस्तो निर्णय गर्नुपरेको हो ।

त्यहाँ आउँदा दिनहरु थप कष्टकर हुने चेतावनी विज्ञहरुले दिएका छन् ।







