बारा प्रहरीले चोरी तथा सवारी ज्यान मुद्दामा फरार रहेका दुई जनालाई पक्राउ -
Comments Add Comment

बारा प्रहरीले चोरी तथा सवारी ज्यान मुद्दामा फरार रहेका दुई जनालाई पक्राउ

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय बाराले चोरी तथा सवारी ज्यान मुद्दामा फरार २ जनालाई पक्राउ गरेको छ । जिल्ला अदालत बाराबाट कैद सजाय भई फरार भएका २ जनालाई शनिबार पक्राउ गरेको हो ।

लुकीछिपी बस्दै आएका निजगढ नगरपालिका वडा नम्बर ६ बस्ने विक्रम घलान र जीतपुर सिमरा ५ बस्ने सुनिल पासवानलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । जिल्ला अदालत बाराबाट घलानमाथि चोरी मुद्दा अन्तर्गत २० दिन कैद र एक हजार जरिवानाको फैसला थियो । यसै गरी पासवानमाथि ३ महिना कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला भएको थियो ।

जिल्ला अदालतबाट कैद र जरिवानाको फैसला आएपछि दुवै जना फरार भएको जनाउँदै सर्च अभियान अन्तर्गत पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जनाए । पक्राउ परेका दुवै जनामाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको बारा प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै