
२५ आषाढ ,काठमाडौ । मोरङमा सवारीसाधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
बिहीबार राति करिब १० बजे बूढीगंगास्थित शिवम फ्याक्ट्रीअगाडि नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट बूढीगंगा गाउँपालिका–३ मा सवारीसाधनको ठक्करबाट पैदलयात्री स्थानीय २० वर्षीय रामकुमार राजवंशीको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका उनको उपचारको क्रममा विराटनगरस्थित कोसी अस्पतालमा राति करिब साढे १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न सवारीसाधनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ ।