Comments Add Comment

Advertisment

SKIP THIS

इन्धनको मूल्य र आर्थिक मन्दीले अमेरिकामा बेरोजगारी बढ्ने चिन्ता

२ श्रावण , काठमाडौं । प्रमुख अमेरिकी कम्पनीहरूले यस गर्मीमा हालसम्म हजारौं कर्मचारीहरूलाई हटाएका छन्, किनभने सीईओहरूले बढ्दो मुद्रास्फीतिले अर्थतन्त्रलाई मन्दीमा ल्याउनसक्ने डर छ।

वर्षको पहिलो त्रैमासिकमा अर्थतन्त्र १.६% संकुचित भएको रिपोर्ट आएपछि धेरै विज्ञहरूले अमेरिका मन्दीतर्फ जानसक्ने चेतावनी दिएका छन्। फेडरल रिजर्भको जूनमा ७५ आधार बिन्दुले ब्याज दर बढाउने घोषणाले २८ वर्षमा सबैभन्दा ठूलो वृद्धिदरले आर्थिक उथलपुथल र मन्दीको डरलाई पुन: जगाएको फोर्ब्सले उल्लेख गरेको छ। गत महिना एस एण्ड पी ग्लोबल रेटिङ्सका अर्थशास्त्रीहरूले वर्षको अन्त्यसम्ममा जीडीपीमा २.४% गिरावट आउने प्रक्षेपण गरेका थिए, जुन २.४% वृद्धिको अघिल्लो पूर्वानुमानबाट उल्टो हो। बैंक अफ अमेरिकाले बुधबार चेतावनी जारी गर्दै आर्थिक गतिमा धीमापन र वर्षको अन्त्यसम्ममा मन्दीको सम्भवना रहेको बताएका छन्।

यसैबीच मुद्रास्फीति बढ्दै जाँदा स्टकहरू घट्ने क्रम जारी रहेको जनाइएको छ। श्रम तथ्याङ्क ब्यूरोको पछिल्लो प्रतिवेदनले सन् २०२१ जुनदेखि मुद्रास्फीतिमा ९.१% वृद्धि भएको देखाएको छ जसमा ग्याँस, आवास र खाद्यान्नमा सबैभन्दा ठूलो वृद्धि भएको छ। गत बिहीबार वाशिंगटन पोस्टसँगको एक अन्तर्वार्तामा अमेरिकी श्रम उपसचिव जुली सुले राष्ट्रपति जो बाइडेनले पदभार ग्रहण गरेदेखि ९० लाख रोजगारी सृजना गरेको जानकारी दिँदै तर अर्थतन्त्रमा सुधार आउने आशा आफूले लिएको बताएकी थिइन्। अमेरिकामा गत हप्ता मात्रै बेरोजगार सुविधाका लागि २ लाख ४४ हजारले आवेदन दिएका थिए। त्यो आठ महिनाको उच्च र अघिल्लो हप्ताको २ लाख ३५ हजारको तुलनामा ३.४% वृद्धि भएको श्रम विभागले बिहीबार जारी गरेको प्रतिवेदनले देखाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै