Comments Add Comment

Advertisment

SKIP THIS

खोप कार्ड अनिवार्य गरेसँगै जिल्लामा खोप लगाउनेहरुको संख्या बढ्दैँ


१० माघ , काठमाडौँ । स्याङ्जा जिल्लास्थित सेवा प्रदायक निकायमा आउने सेवाग्राहीलाई खोप कार्ड अनिवार्य गरेसँगै जिल्लामा खोप लगाउनेहरुको संख्या बढेको छ ।

जिल्लाका सबै स्वास्थ्य संस्थाहरुमा दुई दिन खोप अभियान सञ्चालन गरिएकामा अहिले तीनवटा स्वास्थ्य संस्थामा नियमित खोप अभियान जारी राखिएको स्वास्थ्य कार्यालयकी प्रमुख बसुन्धरा शर्माले जानकारी दिइन् ।

अहिले जिल्लावासीलाई पायक पर्ने गरी गल्याङ नगर अस्पताल, गह्रौं प्राथमिक अस्पताल वालिङ र शहरी स्वास्थ्य क्लीनिक पुतली बजार– १ मा नियमित खोप लगाउने व्यवस्था गरिएको उनले बताइन् ।

सेवाग्राहीलाई खोप कार्ड अनिवार्यसम्बन्धी सूचना पाए लगत्तै पहिला नलगाएका मानिस पनि खोप लगाउन स्वास्थ्य संस्थाहरुमा आउनेक्रम तुलनात्मकरुपमा बढेको प्रमुख शर्माको भनाइ छ ।

खोप लगाउन डराउने, लगाएर के हुन्छ र ? भन्नेहरु अहिले सेवा नै नपाइने हो की भन्ने चिन्ताले पहिलो मात्रा खोप लगाउन अस्पताल आउने गरेका वालिङ नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख कमलप्रसाद पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment