३ भदौ , काठमाडौं । जापानमा पछिल्लो समय २ लाख भन्दा बढी कोरोना संक्रमित फेला परेका छन् ।
जापानमा एकै दिनमा २ लाख ५५ हजार पाँच सय ४२ जनामा कोभिड -१९ को सङ्क्रमण देखिएको जापानको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । ४ लाख ८२ हजार २२७ जनामा परिक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् ।
यस्तै पछिल्लो २४ घन्टामा जापानमा २ लाख ४४ हजार २४१ जना संक्रमणमुक्त भएका छन् । कोभिडका कारण देशभर एकै दिनमा २ सय ८७ जनाको मृत्यु भएको छ । टोकियो महानगरमा मात्र बिहिबार २७ हजार ४ सय ५३ नयाँ सङ्क्रमित थपिएका छन् । जापानका स्वास्थ्य अधिकारीहरूले कोभिड -१९ को यो सातौ लहरले देशको स्वास्थ्य पद्धतिलाई दबाबमा पारेको र अस्पतालमा शैय्या पाउन कठिन भएको बताएका छन्।
हाल जापानमा सक्रिय संक्रमितको संख्या २१ लाख ५२ हजार ३३६ जना छन्। जापानमा हालसम्म ३५९२७ जनाको कोरोना संक्रमणकै कारण ज्यान गएको छ ।


