Comments Add Comment

Advertisment

SKIP THIS

स्कुल हिँडेकी शिक्षिकाको शव खोलामा भेटियो

३ असार , काठमाडौँ । स्कुल हिँडेकी एक शिक्षिकाकाे शव नुवाकोटको तादी गाउँपालिका–४ स्थित तादी खाेलामा भेटिएकाे छ ।

सुन्दरा मावि सातबीसेकी शिक्षिका राधिका आचार्य स्कुटरमा विद्यालय जानेक्रममा खोलामा खसेकाे अनुमान छ ।

आचार्यको शव तादी खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी रुपक खड्काले जानकारी दिए । उनको स्कुटर पनि खोलामा फेला परेको छ ।

उनी कसरी सडकबाट खोलामा खसिन् भन्ने नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै