Comments Add Comment

Advertisment

SKIP THIS

कांग्रेस पदाधिकारी बैठक दिउँसो ३ बजे बस्ने

१ श्रावण , काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ । बैठक पार्टी कार्यालय सानेपामा बस्ने भएको छ ।

केन्द्रीय सदस्य तथा पदाधिकारीहरूले बोल्ने क्रम सकिएपछि पुनः पदाधिकारीको मात्रै बैठक बस्न लागेको हो ।

केन्द्रीय कार्यालय सानेपामा बस्ने पदाधिकारी बैठकले सोमबार बस्ने केन्द्रीय समिति बैठकमा निर्णय सुनाउने र आवश्यक निर्णयका बारेमा गृहकार्य गर्ने बुझिएको छ ।

शनिबार नै केन्द्रीय समितिको बैठक सक्ने तयारी भए‍ पनि नेताहरूले बोल्ने पालो नसकिएकाले लम्बिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै