Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल आइडलका बिजेता गायक रवि ओडविरुद्ध श्रीमतीद्वारा वैवाहिक बलात्कारको जाहेरी

नेपाल आइडल सिजन–२ का बिजेता रवि ओडविरुद्ध श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी दिएकी छिन्।

कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत उनकी श्रीमतीले ३/४ दिन दिन अघि वैवाहिक बलात्कारसम्बन्धी जाहेरी दिएकी हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरिक्षक चक्रराज जोशीका अनुसार ओडविरुद्ध उनकै श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी दिएकी हुन्। उजुरी पछि ओडविरुद्ध पक्राउ पुर्जीसमेत जारी भइसकेको उनले बताए।

उनले हाल उनको श्रीमतीको मेडिकलको प्रक्रिया भइरहेको र अनुसन्धान सुरु भइसकेको पनि बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै