Comments Add Comment

Advertisment

SKIP THIS

कपन हत्या प्रकरण : एआईजीको नेतृत्वमा अनुसन्धान समिति गठन

१५ वैशाख , काठमाडौ । काठमाडौँको कपनस्थित सरस्वतीनगरमा वैशाख ७ गते एक भाँडा व्यवसायीको चक्कु प्रहारबाट भएको हत्याको छानविन तथा अनुसन्धान गर्न प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को नेतृत्वमा समिति गठन भएको छ ।

प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) का एआईजी किरण बज्राचार्यको नेतृत्वमा समिति गठन गरेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले बताए ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख र जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुखसमेत सहभागी हुने गरी उच्चस्तरको छानबिन समिति गठन गरिएको छ । एक साता बितिसक्दा उक्त हत्या प्रकरणका बारेमा प्रहरीले यकिन कारण पत्ता लगाउन नसकेपछि उच्चस्तरबाट छानविन गर्न समिति बनाइएको हो ।

वैशाख ७ गते अपराह्न पसलमा बसिरहेका बेला ३५ वर्षीया नीरा पाण्डे आचार्यको चक्कुले शरिरका विभिन्न अंगमा प्रहार गरी हत्या गरिएको थियो । विभिन्न कोणबाट अनुसन्धान गरिए पनि प्रहरीले तथ्य पत्ता लगाउन नसक्दा विरोधसमेत भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै