Comments Add Comment

Advertisment

SKIP THIS

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

२६ फागुन , काठमाडौ । बागलुङको निसीखोला गाउँपालिकामा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

ध२प १९२१ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा निसीखोला–३ का ४२ वर्षीय देवीराम खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए ।

झिवाखोलाबाट याङम्याङतर्फ जाने क्रममा गहतेरा खोला नजिकै दुर्घटना भएको हो । मोटरसाइकल सडकबाट करिब २०० मिटर तल खोलामा खसेको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै