Comments Add Comment

Advertisment

SKIP THIS

बिष्णु भट्ट र अस्मिता अधिकारीको स्वरमा रहेको ‘केशरी केशरी’ सार्वजनिक

१५ असोज , काठमाडौँ । ब्लेक ब्रोज इन्टरटेनमेन्टको प्रस्तुतिमा गीत ‘केशरी केशरी’ सार्वजनिक भएको छ । गीतमा लोकप्रिय गायक बिष्णु भट्ट र नेपाल आइडल दोश्रो संस्करणको फाइनलिस्ट अस्मिता अधिकारीको स्वर रहेको छ ।

गीतमा अष्ट्रेलिया बस्दै आएका विश्व गौडेलको शब्द रहेको छ भने संगीत बिष्णुकै रहेको छ । ब्लेक ब्रोज इन्टरमेन्टबाट सार्वजनिक भएको गीतको भिडियोमा प्रकाश सपूत र सृष्टि खड्काको अभिनय रहेको छ ।

यस गीतको भिडियोलाई ऋषिराज आचार्यले निर्देशन तथा महेश्वर आचार्य, रितु आचार्य र राजेन्द्र खातीले सहनिर्देशन गरेका छन् । गीतको भिडियोले अहिलेको वास्तविक समयलाई चित्रण गरेको छ ।

भिडियोमा मोहन कुमारको छयांकन, अनिलकुमार मानन्धरको सम्पादन तथा सियोन श्रेष्ठको कोरियोग्राफी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै