Comments Add Comment

महोत्तरीमा घाँस काटन गएकी महिला मृत फेला

८ असोज , काठमाडौँ । महोत्तरीको मट्टिहानीमा घाँस काटन गएकी एक महिला मृत अवस्थामा फेला परेकी छन ।

वडा नम्बर १ सानो धिरापुर निवासी मोहम्मद असरारुल अंसारी कि अन्दाजी ४० वर्षीया श्रीमती अमना खातुन मृत अवस्थामा फेला परेकी हुन । अमना शुक्रवार घास काटन जंगल गएकी थिइन ।

मृतक महिलाको शव घरबाट झण्डै एक किलोमिटर दूरीमा रहेको खोईर भन्ने स्थानको बासघारीमा शव फेला परेको प्रहरीले जनाएको छ । महिलाको शरीरभरी चोट र रक्ताम्मे देखिएको हुदा कसैले बीभत्स हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको छ । मृतकको श्रीमान र एक छोरा वैदेशिक रोजगारीमा छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

घाँस काट्न गएकी महिला मृत फेला

एक सातादेखि हराइरहेकी महिला मृत फेला

Advertisment

छुटाउनुभयो कि? सबै

घाँस काट्न गएकी महिला मृत फेला

एक सातादेखि हराइरहेकी महिला मृत फेला