Comments Add Comment

Advertisment

SKIP THIS

‘छक्का पञ्जा ४’ को ‘’दर्शन सलाम’’ गीत सार्वजनिक

१६ माघ , काठमाडौ । आगामी फागुन १९ गतेबाट प्रदर्शन हुन लागेको हेमराज विसी निर्देशित फिल्म ‘छक्का पञ्जा ४’को पहिलो गीत सार्वजनिक भएको छ ।

लोक शैलीको ‘दर्शन सलाम’ बोलको सार्वजनिक गीतमा डेभिड शंकर र सहिमा श्रेष्ठको स्वर छ भने राजेन्द्र थापाको शब्द रचना र दीपक शर्माले संगीत भरेका छन् । चुनावको पृष्ठभूमिमा तयार पारिएको गीतमा कविराज गहतराजको कोरियोग्राफी छ ।

फिल्मका मुख्य कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्मा, केदार घिमिरे, बुद्धि तामाङ, राज आचार्यका साथमा अभिनेत्री स्वस्तिमा खड्काले गीतमा नृत्य गरेका छन् । गीतमार्फत् दीपकराजको चरित्र चित्रण समेत गरिएको छ । गीतमा उनको बग्रेल्ती स्ट्याचुहरु राखिएका छन् भने एकिकृत निष्पक्ष दलबाट सूर्केथैली चिन्ह लिएर उनले चुनाव लडेको बुझाउन खोजिएको छ ।

‘छक्का पञ्जा’ सिरिजका हरेक गीत हिट छन् । जसले गर्दा दीपक(दीपाको समुहलाई चौंथो सिरिजको गीत पनि उत्कृष्ट बनाउनुपर्ने दबाब थियो । जसअनुरुप ‘दर्शन सलाम’ गीतलाई स्तरीय बनाउन अडियो र भिडियोमा मिहिनेत गरिएको छ । गीतका शब्दहरु जिब्रोमा झुन्डिने खालका छन् । संगीत पक्ष सशक्त छ । फिल्मको हाइप निर्माण गर्न यो गीतले ठूलो भूमिका खेल्न सक्ने देखिन्छ ।

नेताको भूमिकामा रहेका दीपकले गीतको अन्तिममा मतमेटिका र निर्वाचन अधिकृतलाई कब्जा गरेको दृश्य समावेश छ, जसले नेपालका राजनीतिज्ञप्रति व्यंग गरेको छ । यो दृश्यले फिल्म राजनीतिक विषयमा निर्माण भएको बुझाउँछ । फिल्मको पटकथा तथा संवाद दीपकराज गिरीले तयार पारेका हुन् । फिल्ममा नरेन्द्र मैनालीको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व, निमेष श्रेष्ठको सम्पादन छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै