Comments Add Comment

Advertisment

SKIP THIS

लेटाङमा ३ दिनपछि हट्यो कर्फ्यू

१० चैत , काठमाडौं । मोरङको लेटाङ नगरपालिकामा लगाइएको कर्फ्यू तीन दिनपछि हटाइएको छ । बिहीबार बिहान ६ बजेदेखि कर्फ्यू हटाइएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यू हटाउने निर्णय गरेको थियो । स्थानीय बासिन्दाको आक्रमणमा परी चैत ६ गते प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । त्यसपछि चैत ७ गतेदेखि लेटाङमा कर्फ्यू जारी गरिएको थियो ।

गत शुक्रबार लेटाङको शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षकले १२ वर्षीया छात्रालाई दुर्व्यवहार गर्दा उत्पन्न परिस्थिति पछि मोरङ प्रशासनले सोमबारबाट अनिश्चितकालीन कर्फ्यू जारी गरेको थियो । घटनाको छानबिन गर्न प्रहरीले प्रदेश १ को प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र चौधरीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ । समितिले बुधबारदेखि नै छानबिन सुरू गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै