Comments Add Comment

सालकको आखेटोपहारसहित २ जना पक्राउ

२२ वैशाख, काठमाडौ । काठमाडौं महानगरपालिका-३१ शान्तिनगरस्थित युनिभर्सल लन्च एण्ड बार होटलबाट करिब ४ किलो ५ सय ग्राम सालकको खपटा (अखेटोपहार) सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं चाबहिल बस्ने सर्लाही बाग्मती नगरपालिका-३ घर भएका ३२ वर्षीय सुबिलाल सिङ्तान र काठमाडौं थलि बस्ने ओखलढुङ्गा सुनकोशी गाउँपालिका-२ घर भएका २१ वर्षीय सुवास बिष्ट रहेका छन् ।

उक्त होटलमा अवैध रुपमा दुर्लभ वन्यजन्तु सालकको खपटा कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त नयाबाँनेश्वरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त खपटा सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै