Comments Add Comment

Advertisment

SKIP THIS

बालेनलाई योगेशको सुझाव : फोहर उठाउन सरकारको हुती छैन, एमालेसँग आउनुस्

२९ साउन , काठमाडौ । नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौँको फोहर उठाउन सरकारको हुती नभएको टिप्पणी गरेका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समयमा भट्टराईले काठमाडौँमा फोहर नउठेको ७१ दिन हुँदा पनि प्रधानमन्त्रीले कुनै पहल नगरको र मन्त्रीहरू बेखबर रहेको भन्दै फोहर उठाउन सरकारको हुती नभएको बताएका हुन्।

उनले काठमाडौँमा फोहर नउठ्दा हैजा र झाडापखालाको महामारीको खतराका साथै उपत्यकाको सौन्दर्य नै गुम्ने खतरा भएकाले फोहर व्यवस्थापनको ठोस प्रस्ताव लिएर आउन काठमाडौँका मेयर बालेन्द्र शाहलाई सुझाव दिए। वर्तमान सरकारको भरपरे काठमाडौँका मेयर शाह असफल हुने उनको भनाइ छ ।

भट्टराईले एमालेसँग भिजन र दृष्टिकोण रहेकाले काठमाडौँका मेयरलाई सहयोग गर्न तयार रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै