Comments Add Comment

एमाले उपाध्यक्ष सहित ३५० जना माओवादीमा प्रवेश

११ असोज ,काठमाडौ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेमा काँग्रेस र एमाले परित्याग गरी एकै पटक ३५० जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

शुक्लागण्डकी– १२ का वडा कमिटी उपाध्यक्ष भुवन गुरुङको नेतृत्वमा उक्त संख्याका कार्यकर्ताहरु पुरानो पार्टी परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

वडा कमिटी सदस्यहरु क्या।सोमबहादुर गुरुङ, बिगत १७ बर्ष देखि गाउँकमिटी सदस्य हुदै हाल वडा कमिटी सदस्य बन्नु भएका रेमबहादुर गुरुङ, कर्णबहादुर गुरुङ, खुमप्रसाद गुरुङ, छविलाल गुरुङ लगायतका पदाधिकारीहरु पार्टी प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गरेका कार्यकर्ताहरुलाई नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देब गुरुङले टीका लगाएर उनीहरुलाई पार्टी प्रवेश गराउनुभएको हो ।

एकै पटक काँग्रेस र एमाले पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेपछि शुक्लागण्डकी–१२ मा ठुलो धक्काको महसुस भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment