२८ माघ, काठमाडौं । सुनसरीको धरान उपमहानगर पालिका–१६ स्थितबाट प्रतिबन्धित लागु औषध ब्राउन सुगर सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान–१६ का २४ वर्षीय प्रवीण भुजेल रहेको प्रहरीले जानकारी दिएको छ ।
बिहीबार बेलुकी साढे ५ बजे सङ्घीय प्रहरी इकाई कार्यालय धरानबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा भुजेलको कोठा खानतलासी गर्दा ३ ग्राम ब्राउन सुगर बरामद गरेको थियो ।
प्रतिबन्धित लागुऔषध ब्राउन सहित पक्राउ परेका भुजेको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।






